Skip to main content

Friendship is where Ego is not !



मित्र (वा मित्रम्) शब्दको अर्थ संस्कृतमा हेर्दा कुनै दुई कुरालाई सगैं बाँध्ने हुन्छ। हामी त्यही मित्रको भावलाई मान्छेमा मित्रता भन्छौ। मित्रताले दुई वा बढी मान्छेहरुलाई बाधेर राखेको हुन्छ।बाँध्ने भएकोले नै होला जताततै मित्रता गाँस्ने भनेको मात्रै सुनिने।  मान्छेहरु धेरै कारणले साथी बन्छन, तर जो अनन्त साथीहरु बन्दछन् उनीहरु स्वार्थरहित र परोपकारी हुन्छन। उनीहरुको लागि साथी खुशीको कारण हुन्छ भने सँग-सँगै अविस्मरणीय क्षण र यादहरुको पात्र पनि।

हाम्रो जीवनको पहिलो अनुभव र स्मृतिहरुले हामीलाई जीवन्त साथीहरु देको छ। जस्तै: पहिलो पटक सँगै बदमासी गरेको साथीहरुलाई हामी जिन्दगी भर याद गर्छौ ।जीवनमा छुट्टै महत्त्व छ पहिलो अनुभवहरुको अनि त्यो अनुभवसँग गासिएका साथीहरुको। जिन्दगीमा सबैभन्दा रमाइलो र यादगार सम्झना साँटेका साथीहरु मनको नजिक हुन्छन। हामीलाई नचिनेको मान्छेलाई कुरा बुझाउन गार्हो पर्छ, तर साथी केही नभनिकनै कुरा बुझिंदिन्छ। कहिले दुख: बुझिंदिन्छ त साथीले त कहिले सुख बुझिंदिन्छ। तर कुनै बेला दुई साथीबीचपनि असमझदारी भैदिन्छ। अशंख्य शब्दहरु साटासाट हुन्छन। तरवारभन्दा शब्द बलियो भन्ने कुरा तेतिखेर महसुस हुन्छ। असमझदारी भएपनि समझदार साथी भयोभने न शब्द खेर जान्छ न मित्रता नै। आखिरमा दुख: सुखमा चाहिने भनेको साथी नै हो भन्छन।

बुवा, आमा, दिदि-भाई अनि दाजु-बहिनी सबैजनासँग जति नै रिस उठेपनि त्यो रिस आज हुन्छ, भोली हुँदैन। शब्दको वाणले टुट्ने मित्रता भन्दा पनि ठुलो हुन्छ त्यो रगतको नाता। तैपनि कहिले तेही बाबु-आमामा हामी साथी खोज्छौं  अनि कहिलेचाहिं तेही बाबु-आमालाई आफ्नो संसारदेखी टाढा राख्छौँ। दुरदर्शी नहुँदा साना कुरापनि जटिल लाग्छन। मान्छेबीचको नाता समयभन्दापनि श्रेष्ठ छ। कुनै कुनै संबन्धको अगाडी समयपनि तुच्छ लाग्छ। यती सजिलो र सरल संगतिपनी मानिशको बाह्य उद्धेश्यले गर्दा धमिलो र जटिल भैदिन्छ। जब मान्छे कुनै प्राप्तिको लागी र डरको भरमा मान्छेसँग अन्तरकृया गर्छ, त्यस्तो संबन्धहरुको आयु पहिलेनै निर्धारित भैसकेको हुन्छ। लोभ र डरले मानव सम्बन्ध पूर्णरुपमा ग्रसित छ। लोभ र डरले गर्दा नै धेरै ठुल्ठुला युद्ध भैसकेका छन्। तर जब डरभन्ने कुरा खगोलबाट उल्कापिण्डको रुपमा पृथ्वीतर्फ आउँछ, तब आफैबीच झगडा गर्ने देशहरुपनि एक्जुट हुन पुग्छन । प्रकृतिले हामिलाई सधै सम्झाईरहेकी हुन्छिन कि हामी मान्छेहरु मिलेर बस्नलाई नै बनेको हो। एक अर्कासँग जती रिसराग राखे पनि भोली भूकम्प आउँदा तेही एकलेनै हो अर्कोलाई बचाउने। मान्छेको नाता भौतिक नाफा र शोषणबाट माथी उठ्न नसक्दा, जता हेर्दा पनि दुख: धेरै देखिन्छ।

जतिसुकै दुख: पर्दा पनि सहयोगी साथी र कुरा बुझ्दिने परिवार भयो भने ठुलो दुख: पनि सानो लाग्छ। अरुलाई दुख: पर्दा आफुँलाईपनि त्यति नै दुख: हुन्छ भने त्यहाँ माया हुनसक्छ। मान्छे माया गर्न यन्त्रस्थ छ। मान्छे कहिंले अर्को मान्छे, कहिंले बस्तु र कहिंले कुनै सपना र विचारलाई सधै माया गरिराखेकै हुन्छ। जब माया मान्छेको लाग्छ, तब मान्छेबीचको संबन्ध  अलौकिक हुनपुग्छ। एकलाई अर्काको दुख: पनि आफ्नै जस्तोलाग्छ, अनि सुख पनि। निराशापनि आफ्नो जस्तै लाग्छ, अनि आनन्द पनि। आकान्क्षा पनि आफ्नो लाग्छ, निराकान्क्षाहरुपनि।

मान्छेले कसैलाई यति धेरै माया कसरी गर्न सक्छ? अरुको अगाडी सधै ढाँडिएर हिंड्ने तर कोहिं एकको अगाडी आफ्नो घमण्डपनि औचित्यहिन लाग्ने। बाध्यता हो कि चाहना। त्यतिबेला माया मान्छेको ईगोभन्दा पनि ठुलो हुन्छ । जब ईगो बढ्छ, माया कम हुन थाल्छ। मायाले मुक्ती खोज्छ, ईगोले बिनाश। जहाँ माया हुन्छ त्यहाँ सुन्दरता र विकाश हुन्छ, जहाँ ईगो हुन्छ, त्यहाँ लडाँई र सर्वनाश। मायाले जातभात, सानोठुलो दाँया-बाँया केहि भन्दैन , अनि कहिलेकाहीँ आफुपनि भन्दैन। उदाहरणको लागी आमाको बच्चाको लागी माया र रणभुमिमा सहचर योद्धाको प्रतिको सहानुभुतिनै काफी छ। मान्छेले जब ईगोको पर्खाल बनाउंछ, तब मायाले त्यहाँ प्रवेश गर्न पाउँदैन। मान्छेको लागी सुख के, जब साथिसँग मिलेर आनन्द लिन सक्दैन। आफ्नो ईगोको कुरा मानेर मान्छेले सन्सार पनि जितेको छ, तर मान्छेको मन नजित्दा बोनापार्ट र अलेक्ज्याण्डर जस्तै हार्छ मान्छे। मित्रतामा माया हुँदा कल्पना र संभावनाहरु हुन्छन् , ईगो हुँदा क्षय मात्रै। किनकी जहाँ ईगोको खम्बाहरु हुन्छन त्यहाँ मित्रतालाई जहिलेपनि ठेंस लाग्छ।

Comments