Skip to main content

Posts

Showing posts from November, 2017

Friendship is where Ego is not !

मित्र (वा मित्रम्) शब्दको अर्थ संस्कृतमा हेर्दा कुनै दुई कुरालाई सगैं बाँध्ने हुन्छ। हामी त्यही मित्रको भावलाई मान्छेमा मित्रता भन्छौ। मित्रताले दुई वा बढी मान्छेहरुलाई बाधेर राखेको हुन्छ।बाँध्ने भएकोले नै होला जताततै मित्रता गाँस्ने भनेको मात्रै सुनिने।  मान्छेहरु धेरै कारणले साथी बन्छन, तर जो अनन्त साथीहरु बन्दछन् उनीहरु स्वार्थरहित र परोपकारी हुन्छन। उनीहरुको लागि साथी खुशीको कारण हुन्छ भने सँग-सँगै अविस्मरणीय क्षण र यादहरुको पात्र पनि। हाम्रो जीवनको पहिलो अनुभव र स्मृतिहरुले हामीलाई जीवन्त साथीहरु देको छ। जस्तै: पहिलो पटक सँगै बदमासी गरेको साथीहरुलाई हामी जिन्दगी भर याद गर्छौ ।जीवनमा छुट्टै महत्त्व छ पहिलो अनुभवहरुको अनि त्यो अनुभवसँग गासिएका साथीहरुको। जिन्दगीमा सबैभन्दा रमाइलो र यादगार सम्झना साँटेका साथीहरु मनको नजिक हुन्छन। हामीलाई नचिनेको मान्छेलाई कुरा बुझाउन गार्हो पर्छ, तर साथी केही नभनिकनै कुरा बुझिंदिन्छ। कहिले दुख: बुझिंदिन्छ त साथीले त कहिले सुख बुझिंदिन्छ। तर कुनै बेला दुई साथीबीचपनि असमझदारी भैदिन्छ। अशंख्य शब्दहरु साटासाट हुन्छन। तरवारभन्दा शब्द ब...